काठमाडौं, माघ ३
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाएका छन् । आर्थिक अनियमितताको अभियोगमा निलम्बनमा परेका श्रेष्ठले मन्त्रिपरिषद्को निर्णयअनुसार सफाइ पाएका हुन् । ‘यसअघि श्रेष्ठ जुन अभियोगमा निलम्बनमा परेका थिए, सोहीअनुरुप अनियिमतता गरेको नभेटिएछि श्रेष्ठलाई सफाइ दिइएको हो’, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने । अनियमितताको आरोप लागेपछि श्रेष्ठ २०७६ कात्तिक १८ गतेदेखि निलम्बनमा परेका थिए । डेपुटी गभर्नर श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको, विभिन्न बैंकहरुमा खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका अभियोगहरु लगाइएको थियो । सोपश्चात् श्रेष्ठमाथि लागेको अभियोगका विषयमा छानबिन गर्नको लागि नेपाल राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया