व्यावसायिक फर्मसहित भन्सार एजेन्टलाई कारबाही
विराटनगर । राजस्व छली प्रमाणित भएसँगै विराटनगर भन्सारका भन्सार एजेन्टलाई कारबाही गरिएको छ । राजस्व छली प्रमाणित भएसँगै विराटनगर भन्सारका भन्सार एजेन्टलाई राजस्व छलीमा यही जेठ २४ गते मात्रै राजस्व अनुसन्धान कार्यालय सुनसरीले जरिवानासहित कारबाही गरेको छ ।
विराटनगर भन्सारमा भन्सार क्लियरिङको काम गर्दै आएको विद्या क्लियरिङ सर्भिसका सञ्चालक तथा भन्सार एजेन्ट चेतनाथ पौडेलले गत जेठ १८ गते भन्सार राजस्व नै ठगी गरी ४० लाखभन्दा बढीको हार्डवेयर र मेसिनरीका सामानदेखि मेसिनरी पार्ट भन्सार जाँचपास गर्दा राजस्व ठगी भएको पुष्टि भएपछि राजस्व अनुसन्धान कार्यालय सुनसरीले जरिवानासहित राजस्व असुली गरेपछि भन्सार एजेन्टबाट हुने राजस्व ठगी प्रकरण प्रमाणित भएको कुरा राजस्वस्रोतले बताएको छ ।
राजस्वस्रोतका अनुसार विराटनगरको मुख्य बजारमा सञ्चालन रहेका भट्टराई अटो ट्रेडर्स, शेखर गार्मेन्ट र रोयल सप्लायर्ससँग मिलेमतो गरी भन्सार एजेन्ट चेतनाथ पौडेलले राजस्व ठगी गरेको कुरा पुष्टि भएको जानकारी दिएको छ । भन्सार मूल्यांकन नै कम गरी सामान भित्र्याएपछि भन्सार एजेन्टलाई कारबाही गर्दै तीनैवटा फर्ममार्फत दुई लाख ८४ हजार चार सय ८७ रूपैयाँ जरिवान गरिएको जानकारी पनि राजस्वस्रोतले दिइएको छ । अब विराटनगर भन्सारलाई नै बदनाम गर्नेगरी पटक–पटक भन्सार राजस्व ठगीमा मुछिएका भन्सार एजेन्ट चेतनाथ पौडेललाई भन्सार विभागबाट कारबाहीको प्रक्रिया अगाडि बढाएर विद्या क्लियरिङ सर्भिसलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने कुरा विराटनगर भन्सारभित्रैबाट आउन थालेको छ ।
विगतमा भन्सार राजस्व ठगी प्रमाणित हुँदा विराटनगर भन्सारले भन्सार एजेन्टको इजाजतपत्र नै निलम्बन गरी कारबाही गरेको दृष्टान्त सुनाउँदै एक भन्सार एजेन्टले भने स्वयम् भन्सार एजेन्टबाट न्यून मूल्यांकन गरी राजस्व ठगी हुँदा अब विराटनगर भन्सारले पनि त्यस्ता भन्सार एजेन्टलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज पनि भन्सारभित्रैबाट उठ्न थालेको हो । विराटनगर भन्सारबाट भन्सार पासका नाममा पटक–पटक राजस्व छली प्रकरणमा तानिँदै आएका भन्सार एजेन्ट पौडेल विगतदेखि नै विवादित भन्सार एजेन्ट भएको कुरा बताइन्छ ।
लामो समयदेखि विराटनगर भन्सारमा भन्सार एजेन्टको काम गर्दै आएका पौडेल राजस्व ठगी प्रकरणमा मुछिएपछि उनको नाममा दर्ता कायम रहेको विद्या क्लियरिङ सर्भिसले आन्तरिक राजस्व कार्यालय विराटनगरलाई बुझाउने भ्याटमा समेत तथ्य विवरण नबुझाई ठूलै राजस्व लुकाएको हुनसक्ने भन्दै अनुसन्धान थालेको रहस्य पनि स्रोतहरूले खोल्न थालेको छ ।
आन्तरिक राजस्व कार्यालयले पनि सञ्चालक पौडेल राजस्व ठगी प्रकरणमा राजस्व अनुसन्धानको दायरामा पुगेसँगै उनको नाममा रहेको विद्या क्लियरिङ सर्भिसबाट अहिलेसम्म भएका भन्सारसम्बन्धी काम कारबाहीलाई प्राथमिकताका साथ अनुसन्धानको दायरामा राखेर अनुसन्धान थालेको कुरा आराकाको उच्चस्रोतले बताएको छ ।
धेरै वर्षपहिले भन्सार एजेन्ट पौडेलसहित केही भन्सार एजेन्टलाई सम्पत्ति सुदृढीकरणले समेत कारबाही गरी सचेत गराउँदा समेत अझै पनि विराटनगर भन्सारमा भन्सार एजेन्टको राजस्व ठगी प्रकरण नरोकिनु चिन्ताको विषय भएको कुरा भन्सारस्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया