काठमाडौं । काठमाडौं महानगर वडा १९ ढोकाटोलमा निर्माण गरिएको खुला पाटीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको आदेशमा बन्द गरिएको छ । स्थानीयहरुको विरोधका बाबजुद मन्त्रीको ठाडो आदेशमा उक्त पाटीलाई बन्द गरिएको हो ।
तत्कालीन दुग्ध वितरण बुथको संरचना हटाउँदै निर्माण गरिएको उक्त पाटीलाई बन्द कोठामा परिणत गरिएको छ । नवनिर्मित पाटीलाई खुला गर्नुपर्ने आवाज उठिरहँदा समेत मन्त्रीको आदेशमा सो पाटीमा ढोका राखी बन्द गरिएको हो ।
हनुमानढोका दरवार संग्रहालय विकास समितिको सहयोगमा निर्माण भएको उक्त पाटीमा राखिएको ढोकाको सवालमा स्थानीय वडासमितिसमक्ष जिज्ञासा राख्दा पाटी निर्माणका विषय जानकारी भए पनि पाटीमा ढोका राखिएको विषयमा अनभिज्ञता प्रकट गरे । पाटीपौवा संरक्षण हुनु राम्रो पक्ष भए पनि यो वा त्यो नाममा स्थानीयहरुको विरोधका बाबजुद खुल्ला पाटीलाई बन्द कोठामा परिणत गर्ने कार्य स्वीकार्य नभएको भन्दै उनले ढोका हटाउने विषयमा छलफल भइरहेको बताए ।
त्यस्तै १९ नम्बरका वडाध्यक्ष राजेश श्रेष्ठले पाटी भनेपछि पाटीको संरचनामा हुनुपर्ने भन्दै पार्टी निर्माणमा संग्लन व्यक्ति र निर्माणका लागि सहयोग गर्ने विकास समितिका सरोकारवाला पक्षको ध्यानाकर्षण गराइएको र सकारात्मक काम अगाडि नबढे बाध्यकारी कदम चालिने समेत उनले बताए ।
प्राचीनकालमा बटुवाहरुलाई आश्रय लिन निर्माण गरिने भवनको प्रारुप हो, पाटी । त्यस्तै पाटी तथा पौवाहरूको निर्माण मूलतः करिब एकदशक अघिसम्म पनि पाटी पौवाको उपयोग तथा माटोको घैँटोमा चिसो पानीसहितका धर्मशाला देखिन्थे । बास बस्न र आराम गर्नका लागि बनाइने पाटी पौवा पछिल्लो समय सडकको विस्तारसँगै यसको अस्तित्व लोप हुँदै गएको अवस्था छ । यसबीचमा सार्वजनिक स्थानमा रहेको दुग्ध वितरण बुथको स्थानमा पाटीको आवश्यकता महसुस गर्दै पाटी निर्माणसहित सम्पदाको प्रारुपमा संरक्षण गरिनु आफैँमा स्वागतयोग्य कदम पनि हो । तर निर्माण गरिएको पाटीमा यो वा त्यो बहानामा व्यक्तिको आधिप्य कायम गर्दै बन्द कोठा बनाउने सोच आफैँमा सकारात्मक मान्न सकिन्न ।
तत्काल नवनिर्मित पाटीमा राखिएको ढोका खुला गर्दै आम सर्वसाधारणको लागि विश्राम स्थलमा रुपान्तर गरिनुपर्छ । पाटी कोही व्यक्ति विशेषको नियोजित लक्ष्य प्राप्तिको अभीष्ट बन्नु नहुने स्थानीयहरुको भनाइ छ । साथै मन्त्रीको पहलमा निर्माण भएको उक्त पार्टी के कति बजेटमा निर्माण भएको हो समेत केही सार्वजनिक नगरिएको स्थानीयहरुको भनाइ छ ।
त्यस्तै यसअघि सोही वडामा निर्माण भएको अभय फल्चा पाटी पनि पुनर्निर्माण गरिए पनि पाटीमा ढोका नराखिएकोले स्थानीय सर्वसाधारणले विश्राम गर्ने गरेको स्थानीयले बताउँछन् । उक्त नवनिर्मित पाटीको आगामी शनिबार संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया