सीबी लामाले पुनः दिए आर्थिक दैनिकलाई धम्की
काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था लि. डुबाएर कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. समेत डुब्ने लगभग निश्चित भएपछि अरुलाई टाँसो लगाएर हिँडेका सहकारीका निवर्तमान अध्यक्ष चन्द्रबहादुर (सीबी) लामाले आफ्नो अनुकूलको समाचार नलेखेको भन्दै आर्थिक दैनिकका प्रतिनिधिलाई फोन गरेर धम्की दिएका छन् ।
लामाले कान्तिपुर बचत तथा ऋण सहकारीमा रहेर आफ्नो श्रीमतीको नाममा पशुपति सहकारी खोली कान्तिपुरका सेयर सदस्य निक्षेपकर्ताहरुलाई पशुपतिमा लानेदेखि कान्तिपुर सहकारीमा बसेर आफ्नो अनुकूलमा लगानी गरी कान्तिपुरलाई जोखिममा पु-याएर सहकारी छोडेर हिँडेको समाचार आर्थिक दैनिकमा प्रकाशित भएपछि विभिन्न नम्बरबाट आर्थिक दैनिकका प्रतिनिधिलाई फोन गर्दै धम्की दिएका हुन् ।
समाचार प्रकाशित भएकै दिन समेत फोन गरेर तलाई म देखाइदिन्छु मेरो समाचार किन लेखिस् भन्दै अश्लील शब्द प्रयोग गरेका लामाले बिहीबार पुनः फरक नम्बरबाट फोन गर्दै धम्की दिएका हुन् ।
चन्द्रबहादुर (सीबी) लामाले ९८०३९१२६७५ र ९८५१०२५९५७ नम्बर प्रयोग गरी आर्थिक दैनिकका प्रतिनिधिलाई बिहीबार फोन गर्दै समाचार आउँदा आफू काठमाडौं बाहिर भएको र अहिले काठमाडौं आएकोले बचेर समाचार लेख्न भन्दै धम्की दिएका हुन् ।
चन्द्रबहादुर को हो चिन्न र समाचार लेख्न धम्की दिएका लामाले आफू समाचार लेख्नेको विरुद्धमा जेसुकै गर्न पनि पछि नपर्ने र बचेर हिँड्न समेत चुनौती दिए । लामा यति बेला काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का अध्यक्षको रुपमा रहँदै आएका छन् ।
कांग्रेस नेता शशांक कोइरालाको राजनीतिक संरक्षण पाएका लामाले पशुपति सहकारीमा सर्वसाधारणले जम्मा गरेको अर्बौँ रुपैयाँ घोटाला गर्दा समेत खुलेआम हिँड्ने गरेका छन् ।
आफ्नो सानो संख्यामा सेयर स्वामित्व रहेको कान्तिपुर अस्पताललाई देखाउँदै पशुपति सहकारीमा पैसा लिन आउनेहरुलाई छल्दै डाँट्दै आएका लामाले कान्तिपुरलाई समेत सोही बाटोमा लगाएर आफू पानीमाथि ओभानो बन्ने नाटक रच्दै आएका छन् । लामा २०७४ को चुनावमा कांग्रेस काभ्रेबाट चुनाव समेत उठेका थिए ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया