‘बीपी साहित्य सम्मान’ गौतम र ‘बीपी सेनानी सम्मान’ कार्कीलाई
काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रस्टले यसवर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार कृष्ण प्रसाद गौतमलाई र ‘बीपी सेनानी सम्मान पुरस्कार’ शान्ति कार्कीलाई प्रदान गर्ने भएको छ ।
ट्रस्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । यसवर्ष १०९औँ बीपी जन्मजयन्ती मनाइँदै छ । एक लाख एक हजार रूपैयाँको यस वर्षको साहित्य सम्मान पुुरस्कार २०७९ वरिष्ठ साहित्यकार कृष्ण प्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरेको ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रस्टका सदस्यहरू डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।
यस्तै ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्नेे बीपी सेनानी सम्मान पुरस्कार–२०७९ यसवर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु-याउने ९१ वर्षीया शान्ति कार्की (वीरगज) लाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि ५१ हजार रूपैयाँ रहेको छ । यी पुरस्कारहरू आगामी भदौ २४, गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रस्टका महासचिव पोखरेलले जानकारी दिए ।
यसअघि—२०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान पुरस्कार नृतन थपलिया, २०७२ मा साहित्यकार गोपाल पराजुली र सेनानी सम्मान स्व. तारानाथ कोइराला, २०७३ साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठ, २०७४ मा साहित्यतर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतु, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोला, २०७६ मा बीपी साहित्य सम्मान तिल विक्रम नेवाङलाई (बैरागी काहिँला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।
यसैगरी २०७७ सालको साहित्य पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाल र सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पु-याउने होमनाथ दाहाललाई प्रदान गरिएको थियो । २०७८ को साहित्य सम्मान कवि मदन रेग्मी र सेनानी सम्मान भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गरिएको पोखरेलले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया