दोलखामा सक्रिय बन्दै भूमि आयोग, तीन स्थानीय तहमा समिति गठन
दोलखा । दोलखामा राष्ट्रिय भूमि आयोगले पछिल्ला दिनहरूमा आफ्नो सक्रियता देखाएको छ । आयोगले जिल्लाका तीनवटा स्थानीय तहमा समिति गठन गरेको हो । राष्ट्रिय भूमि आयोग गठन आदेशअनुसार भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी २०७८ को नियम ४ बमोजिम स्थानीय तहस्तरीय सहजीकरण समिति गठन गरिएको आयोग दोलखाका विज्ञ सदस्य सुशान्त तामाङले जानकारी दिए ।
बैतेश्वर गाउँपालिका, जिरी नगरपालिका र गौरीशंकर गाउँपालिकामा सहजीकरण समिति गठन गरिएको हो । आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको यथार्थ विवरण संकलन गर्न सबै स्थानीय तह र वडामा समिति गठन गर्ने तामाङले जानकारी दिए । सरकारले यही भदौ १ गते निकालेको ३५ दिने सूचनाका आधारमा जिल्लाका वडा तथा पालिकामा समिति गठन गर्न सुरु गरिएको हो । तामाङका अनुसार पालिका सहजीकरण समितिमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, दलित, सक्रिय राजनीतिक दलका एक–एक जना र महिला सदस्य रहन सक्नेछन् । पालिका सहजीकरण समितिले वडामा गएर सोही विधानअनुसार वडा सहजीकरण समिति गठन गर्ने तामाङले बताए । उनका अनुसार गौरीशंकर गाउँपालिकामा पालिका अध्यक्ष विस्वास कार्कीको संयोजकत्वमा १३ सदस्यीय, बैतेश्वर गाउँपालिकामा पालिका अध्यक्ष छवि लामाको संयोजकत्वमा १३ सदस्यीय र जिरी नगरपालिकामा पालिका प्रमुख मित्र जिरेलको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ ।
त्यस्तै समिति गठन भएका पालिका समितिले अब केही दिनभित्र वडामा पनि समिति गठन गर्ने राष्ट्रिय भूमि आयोग दोलखाका अध्यक्ष ललित बहादुर मगरले बताए । उनका अनुसार जिल्ला भूमि आयोगले असोज पहिलो साताभित्र जिल्लाका नौ पालिका र ७४ वडामा समिति गठन गरिसक्नेछ । भूमिहीन दलित, सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यावस्थापन गर्ने प्रयोजनका लागि समिति गठन गरिएको उनले बताए । भूमिहीन सुकुमबासी तथा जग्गा नापी नभएको तर आफू वर्षौँदेखि उपभोग गर्दै आएका छन् भने त्यस्ता खाले बसोबासीलाई आयोगको सम्पर्कमा ल्याएर जग्गा उपलब्ध गराउने तथा व्यवस्थापन गर्नको लागि पालिका तथा वडातहमा समिति गठन गरिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया