काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार पुनः ११ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही भदौ २७ गते पनि राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यसरी बिक्री गरिएको ट्रेजरी बिल पुरानो नवीकरण अन्तर्गतको हो ।
राष्ट्र बैंकका अनुसार जारी मिति असोज ४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड रुपैयाँबराबरको थियो । जसमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ कात्तिक १ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ पुस ५ गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ चैत ७ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यसअघि गत साता पनि राष्ट्र बैंकले २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियोे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया