Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार११ दशमलव १९ अंकले उक्लियो सेयर बजार

११ दशमलव १९ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै ३९ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ११ दशमलव १९ अंकले उकालो लागेर १८ सय ४८ दशमलव ८० बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले उकालो लागेर तीन सय ६० दशमलव ८८ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको १९ हजार आठ सय ७९ पटक सेयर किनबेच भएका छन् । जसबाट २५ लाख ३१ हजार तीन सय ७० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७२ करोड १२ लाख ५९ हजार आठ सय ४८ रुपैंयाँ पुगेको छ । अघिल्लो दिन भने यस्तो कारोबार रकम एक अर्ब २२ करोड रुपैंयाँ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दशमलव शुन्य छ अंकले ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया