Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबझाङमा पहिरोले बस्ती जोखिममा

बझाङमा पहिरोले बस्ती जोखिममा


बझाङ । बझाङका अधिकांश बस्तीहरू पहिरोको उच्च जोखिममा परेपछि स्थानीय आतंकित भएका छन् । लगातारको वर्षाका कारण गाउँका बस्ती जोखिममा परेसँगै स्थानीयमा त्रास बढेको हो ।

केदारस्यु गाउँपालिका वडा ७ काँडाचौरमा सडक कटानका कारण पहिरो जाँदा पूरै बस्ती नै जोखिममा परेको स्थानीय जयभान धामीले बताए । लगातारको वर्षाका कारण बस्ती माथिबाट ठूलो पहिरो गएपछि बस्ती नै जोखिममा परेको हो । पहिरोको कारण बस्तीमा स्थायीरूपमा बसोबास गर्दै आएको दर्जनौं घर जोखिममा परेका छन् । यस्तै, पहिरोले घरसँगै खेतीयोग्य जमिनसमेत बगाएको छ । पहिरोका कारण स्थानीयलाई घर नै छोडेर अन्त बसाइँ सर्नुपर्ने बाध्यता आएको केदारस्यु गाउँपालिकाकी पूर्वउपाध्यक्ष निशा धामीले बताइन् ।

पहिरोबाट प्रभावित स्थानीयले राहतको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । पहिरो प्रभावितको समस्या समाधानका लागि गाउँपालिकाले आवश्यक योजना बनाउनुपर्ने पनि स्थानीयको माग छ । गाउँपालिका अध्यक्ष गणेश बोहराले पहिरो पीडितहरूको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया