Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ


काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका बस्ने वर्ष २७ को विजय तामाङ र वर्ष १८ को आइतराज तामाङ रहेका छन् । प्रहरीले उनीहरूलाई प्रदेश ३–०२–०११प ७२४१ नम्बरको कालो रातो रंङ्गको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । कीर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौं चोभारबाटै हराएको भनी ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा पक्राउ गरेको जनाएको छ । उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२,०१४ प ०३३९ रहेको महाशाखाले बताएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया