उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेसनबाट नवउद्यमी छनौट
विराटनगर । उद्योग संगठन मोरङले चालू आर्थिक वर्षका लागि १७ वटा नवीन व्यावसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नयाँ सोच विचार तथा अवधारणा भएका युवाहरुलाई उद्यमशीलतामा रुपान्तरण गर्दै सहजीकरण गरी नयाँ व्यवसायहरुको सृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले उद्योग संगठन मोरङले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेसनअन्तर्गत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छानिएको बताएको छ ।
चालू आर्थिक वर्षमा छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष छन् । छनौट भएका स्टार्टअपलाई गत असोज २७ देखि ३० गतेसम्म चार दिनको बुट क्याम्पमा राखी बिजनेस हेल्थ चेकअप गरी मेन्टर तथा बिजनेस कोचहरुसँग म्याच मेकिङ गरी चार दिने बुट क्याम्पमा सहभागी गरिएको थियो । नवउद्यमीलाई सघाउन १८ जना मेन्टर, पाँच जना बिजनेस कोच र छ जना स्टार्टअप फेलो समेत चयन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।
छनौट भएका स्टार्टअपहरुको व्यावसायिक योजना तयारी, सोअनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजनाअन्तर्गत बिजनेस क्यानभास मोडेल, बिजनेस हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यावसायिक सेवा उपलब्ध गराएको उद्योग संगठन मोरङले जानकारी दिएको छ । छनौट भएका नयाँ उद्यमीलाई आवश्यक पर्ने लगानीमा समेत सहजीकरण गरिने कार्यक्रम रहेको संगठनका स्टार्टअप कार्यक्रमको समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।
उक्त कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, विराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसमान नेपाल, पूर्वाञ्चल विश्वविद्यालय, अन्तप्र्रेरणा प्रालि, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसँगको सहकार्य रहेको जानकारी पनि संगठनले दिएको छ । स्टार्टअप व्यवसायको प्रवर्द्धन र विकासका लागि सरकार, अनुसन्धानमूलक संस्थाहरु एवं निजी क्षेत्रबीच समन्वय गरी प्रदेश नं १ को नमूनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकीय एवं प्राविधिक सेवाहरुको दिगो इकोसिष्टमको जग बसाल्ने लक्ष्य रहेको आयोजक संस्था संगठनले बताएको छ । साथै संगठनले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत गएको वर्षदेखि संगठनले प्राथमिकताका साथ उक्त कार्यक्रम सञ्चालन गरेको जानकारी पनि उद्योग संगठन मोरङले दिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
- एमडीएमएस प्रणाली तत्काल लागू गर्न माग
- ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन चेम्बरको सुझाव
- सोलु दुधकोशी आयोजनाको परीक्षण सुरु
- सडक नै नपुगेको पालिकाको इन्धन खर्च पाँच लाख !
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया