सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्न छाटो मार्गको प्रयोग गर्ने पर्यटकको संख्या बढ्न थालेको छ । सगरमाथा जाने एक मात्रै छोटो पदमार्गका रूपमा रहेको ‘टासिलाप्चा पास’ पदमार्ग खुलेसँगै सो मार्गप्रतिको आकर्षण बढेको हो । यो वर्ष ३९ देशका एक हजार एक सय ३५ विदेशी पर्यटक रोल्वालिङ क्षेत्र घुम्न पुगेका छन् ।
रोल्वालिङ उपत्यकाको च्छो–रोल्पा हिमताल र दूधकुण्ड हुँदै टासिलाप्चा पदमार्ग सोलुखुम्बुको थामेमा जोडिन्छ । रोल्वालिङ उपत्यका हुँदै हिमाल काटेर टासिलाप्चा पास हुँदै सगरमाथा पुग्नेहरूका लागि यो मार्ग उत्तम मानिएको छ । हिमाल पार गरेर जान निकै कठिन यो मार्ग खुलेसँगै रोल्वालिङ उपत्यका हुँदै सोलुखुम्बुमा अवस्थित सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्प हुने भएको छ । उक्त पदमार्ग निर्माणसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन् । पाँच हजार सात सय मिटर उचाइको यो पदमार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो । ‘द ग्रेट हिमालयन ट्रेल्स’ अन्तर्गत पर्ने पदमार्ग बनेपछि कोभिडपछि रोल्वालिङ उपत्यकामा विदेशी पर्यटकको चहलपहल पनि बढेको छ ।
मुलुकका मुख्य १० पदमार्गलाई समेटिएर बनाइएको ‘द ग्रेट हिमालयन ट्रेल्स’ अन्तर्गत उच्च हिमाली एभरेस्ट–रोल्वालिङ टासिलाप्चा पदमार्ग मुख्य मानिन्छ । हिमाली क्षेत्रको फरक–फरक भाषा, संस्कृति, रहनसहन, जीवनशैली हेर्न पनि टासिलाप्चा पदमार्गलाई गाइडहरू निकै आकर्षक मान्छन् । उक्त पदमार्ग पर्यटन विभागले चार करोड लागतमा निर्माण गरेको हो । यसैगरी पदमार्ग बनाउन नसकिने अप्ठ्यारा भीरमा ‘फारता’ अर्थात् ढुंगा खोपेर फलामे भ-याङ र नरम तारका डोरीहरू हालिएको टासिलाप्चा पदमार्ग निर्माण समितिका अध्यक्ष दावाछिरिङ शेर्पाले बताए । टासिलाप्चा पास नजिकैको छ हजार एक सय मिटर फरछ्यामु पिक आरोहण विदेशी पर्यटकको आकर्षणमा पर्ने गरेको छ । उक्त पिक चढेपछि अर्को दिन टासिलाप्चा पास भएर खुम्बु पदमार्गी जाने गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया