Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय खाद्य बैंकको दोस्रो वार्षिक साधारणसभा

राष्ट्रिय खाद्य बैंकको दोस्रो वार्षिक साधारणसभा


काठमाडौं । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा शनिबार एक समारोहबीच दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभामा पूर्वस्वास्थ्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए । उनले भने, ‘खाद्य बैंकले सह्रानीय कार्य थालेको छ । त्यसकारण पनि म यस संस्थासँग जोडिएको छु । यस संस्थाले व्यवस्थापकीय रुपमा सबल भएर अघि बढ्न सके ठूलो उपलब्धि हासिल गर्ने देखेको छु ।’ सो अवसरमा उनले खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए । खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसके पनि खाद्य बैकले पहलकदमी लिएको उनले बताए । पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई बिचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएको बताए । उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको बताए ।

यस्तै राष्ट्रिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मूर्तरुप लिन थालेको बताए । उनले दुई वर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको र आगामी वर्ष त्यसलाई अझै रफ्तारमा लगेर सेयर सदस्यहरुको मन जित्ने बताए । उनले सेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सिड मनिबाट बैंकलाई छोटो समयमा नै सबल बनाउने कुरामा आफूहरु सफल भएको बताए । रैथाने बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए । उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए । त्यसैगरी अध्यक्ष उप्रेतीले खाद्य बैंकले आफ्ना कृषि उत्पादन चारवटा प्रदेशअन्तर्गतको २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनहरुमा सातवटै प्रदेशबाट अग्र्यानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागिपर्ने बताएका छन् ।

खाद्य बैंकको साधारणसभामा बैंकका सल्लाहकार दुर्गा बहादुर थापा, मधेश प्रदेशबाट पूर्वसांसद जयराम दहाल, कांग्रेस नेतृ सिर्जना सिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्राडा जीवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्ट्रिय खाद्य बैंकले चालेको कदमको सह्राना गरेका थिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया