दोलखा । कोरोना भाइरसको कारण लामो समय थलिएको दोलखाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी फागुनमा ‘दोलखा महोत्सव’ हुने भएको छ ।
दोलखा चेम्बर अफ कमर्सले फागुनको २१ देखी २७ गतेसम्म एक साता लामो महोत्सव गर्न लागेको हो । लामो समयदेखि सुस्ताएको जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन दोलखा महोत्सव २०७९ आयोजना गर्ने तयारी थालेको चेम्बर दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए । जिल्लाको कृषि क्षेत्र, पर्यटन क्षेत्र, व्यापार व्यवसाय क्षेत्रलाई उकास्ने साथै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई दोलखा जिल्लालाई समृद्ध बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले महोत्सव गर्न लागिएको चेम्बर दोलखाले जनाएको छ ।
महोत्सवमा विशेष गरी दोलखामा उत्पादन हुने कृषिजन्य उपजलाई प्राथमिकता दिइनेछ । सदरमुकाम चरीकोटको टुँडिखेलमा एक साता चल्ने महोत्वमा सबै पालिकालाई आग्रह गरी सयवटा स्टलहरू राखिने चेम्बर दोलखाका महासचिव पाण्डव सिं पाण्डेले जानकारी दिए । त्यस्तै महोत्सवमा सांस्कृतिक कार्यक्रमको साथै स्थानीयले उत्पादन गरेका औद्योागिक तथा कृषि सामग्रीहरू प्रदर्शनीमा राखिने भएको छ । त्यस्तै गरी जिल्लालाई चिनाउने प्रमुख धार्मिकस्थल तथा पर्यटकीय स्थलको प्रचार गरिने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया