Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएमाले नेता ज्ञवाली र चिनियाँ पार्टीकी विदेश विभागकी उपमन्त्रीबीच भेटवार्ता

एमाले नेता ज्ञवाली र चिनियाँ पार्टीकी विदेश विभागकी उपमन्त्रीबीच भेटवार्ता


काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ । चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३औँ विश्व समाजवाद मञ्चमा भाग लिन वेइजिङ गएका नेता ज्ञवाली र विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच भेटवार्ता भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो । नेता ज्ञवालीले त्यही बेलामा नेपाल–चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नति भएको उल्लेख गर्दै विगतका सबै सहमति/सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

साथै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौता भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गरिन् । राससले जनाएनुसार भेटमा एमाले केन्द्रीय कमिटी सदस्य रिजालका साथै चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीको सहभागिता थियो ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया