Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारआज बागमती प्रदेशसभाको बैठक बस्दै

आज बागमती प्रदेशसभाको बैठक बस्दै


मकवानपुर । बागमती प्रदेशसभाको बैठक मंगलबार अपराह्न ३ बजे बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रमुख सचिव खड्काले मंगलबारको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक पनि प्रस्तुत हुने कार्यसूची रहेको जानकारी दिए ।

यसअघि बसेको सर्वदलीय बैठकमा संसद् सञ्चालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबीचको पूर्वनिर्धारित सहमतिका विषयमा भने कुरा मिल्न सकेको थिएन । सोही विषयमा छलफल गरी सहमतिमा पुग्नेगरी मंगलबार पनि सर्वदलीय बैठक बस्न लागेको हो ।

बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गतेदेखि बसेको छैन । दलबीचको विवादका कारण यहाँको प्रदेशसभा बैठक प्रभावित हुँदै आएको हो ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया