Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारट्रयाक्टर दुर्घटनाहुँदा घटनास्थलमै दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनाहुँदा घटनास्थलमै दुई जनाको मृत्यु


बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान से २ त ३६७८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्र्याक्टर बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गर्दा जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले दुर्घटनामा परिचय नखुलेका ट्र्याक्टर चालक र त्यसमा सवार राजेश चौधरी दुई जनाको मृत्यु भएको बताए । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक केसीले दुर्घटनाको कारण यकिन भइनसकेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश

तपाईको प्रतिक्रिया