लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।
उनलाई आज मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषिमन्त्री बन्नुभएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।
त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकेका मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गरेका छैनन् । उनको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ । रासस
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- मन्त्री परिषदको निर्णय : विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया