Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुले१४ किलो सुन तस्करीमा जीवनकुमार गुरुङको ‘कनेक्सन’चिनियाँ नागरिक वाङगसँग रहेको खुलासा !

१४ किलो सुन तस्करीमा जीवनकुमार गुरुङको ‘कनेक्सन’चिनियाँ नागरिक वाङगसँग रहेको खुलासा !


त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङको ‘कनेक्सन’ ६०।७१६ किलो सुन तस्करमा मुख्य नाइके चिनियाँ नागरिक वाङग डाओजिनसँग रहेको खुलेको छ । गुरुङ तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का सल्लाहकार रहेका थिए ।

नेपाल प्रहरीकोे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई सोमबार बिहान सामाखुसीस्थित उनको घरअगाडिबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई सिआइबीले विमानस्थलस्थित भन्सार कार्यालयमा पेस गरेको छ । उनीविरुद्ध अनुसन्धान भइरहेको छ।गुरुङको विगतमा भएका सुन तस्करीका नाइके डाओजिनसँग पनि सम्बन्ध रहेको देखिएको तथ्य खुल्न आएको छ ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया