Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीटोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मेयर दीर्घायु नि:शुल्क स्वास्थ्य परीक्षण’ सुरु

टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मेयर दीर्घायु नि:शुल्क स्वास्थ्य परीक्षण’ सुरु


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा आजदेखि ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ । टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आइतबारदेखि मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको शुभारम्भ गर्दै पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । “विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ”, उनले भने ।

टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरिएको टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले बताए । पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उनले जानकारी दिए ।

उक्त अभियानका लागि टोखाले चालू आवमा ६५ लाख बजेट विनियोजन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले जानकारी दिए । टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आइतबारदेखि सुरुवात गरिएको उनको भनाइ छ ।

आगामी दिनमा उक्त अभियानलाई टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने गरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया