Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रचण्डको पश्चगमन

प्रचण्डको पश्चगमन


काठमाठौं : त्रिभुवन विश्वविद्यालयमा रिक्त भएको उपकुलपति पदमा खुल्ला प्रतियोगिताको आधारमा नवीन दृष्टिकोण भएको योग्य व्यक्तिलाई नियुक्त गरि निरन्तर अधोगति लिएको त्यस प्राज्ञिक संस्थालाई नयाँ जीवन प्रदान गर्ने भनी प्रतियोगिता खुल्ला गरिएकोमा अन्तत: पोखरा विश्वविद्यालयमा लगभग असफल भएका र अनियमितताको आरोप समेत खेपेका प्रा डा केशरजङ्ग बराललाई नियुक्त गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्लज्ज किसिमको पश्चगमन गरेका छन् ।

यस नियुक्तिको सन्दर्भमा ठोकेर भन्न सकिन्छ फेरि एकपल्ट देशको प्रधानमन्त्रीमाथि हिंसाचारी कम्युनिस्ट घटकको सुप्रिमो प्रचण्ड सवार भएका छन् । प्राध्यापक केशरजङ्ग बराल माओवादी केन्द्रका पिट्ठु हुन् भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । आफ्नै दलको पढेलेखेको झोलेलाई नै त्रिविविको साँचो-ताल्चा सुम्पिने मनसाय थियो भने खुल्ला प्रतियोगिताको नाटक किन गरेको ? प्रम दाहालका अगाडि तेर्स्याइने अहिलेको सबैभन्दा ठूलो प्रश्न यही हो । लेखेर राखे हुन्छ यी उपकुलपति पूरा बेकम्मा साबित हुनेछन् ।

त्रिविविको लथालिङ्ग व्यवस्थापनलाई लीकमा ल्याएर सुचारु गर्नु यिनको सामर्थ्यको विषय हुने छैन । पोखराजस्तो सानो विविमा असफल भएका बरालले दलीय राजनीतिको हस्तक्षेप, शिक्षकहरूको नैतिकस्तरमा आएको भीषण गिरावट, ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताजस्ता अनेकौँ जटिल समस्याको भासमा गाडिएको त्रिविविको उद्धार गर्लान् भन्नू पूरा हुनै नसक्ने चाहना (An improbable wishful thinking) मात्र हो ।

यो नियुक्ति प्रकरणले प्रचण्ड एण्ड कम्पनीको दिल दिमागमा देश र जनताको हितको विषय होइन आफू र आफ्नो पार्टीको स्वार्थ-साधना गर्ने ध्याउन्ना मात्र छ भन्ने आशंकालाई सत्य साबित गरेको छ ।

संस्कृति मन्त्री सुदन किराँतीले देशका तीनवटै एकेडेमीलाई एउटा जातिविशेषबाट आएका + कम्युनिस्ट झोलेहरूको चरनक्षेत्र बनाएका बेलादेखि नै यो आशंका उठ्दै आएकोमा अहिलेको यो नियुक्तिले त्यसमा लालमोहर लगाइदिएको छ ।

प्राध्यापक बराल साँच्चिकै अप्ठ्यारोमा रहने छन् । उनका अगाडि चुनौतीहरूको चाङ छ । उनी सुदन किराँतीका भेडाहरूजस्तो एकेडेमीमा आउने सरकारी रकम बाँडिचुँडी गरेर खाने र उग्राएर बस्ने विलास गर्नसक्ने अवस्थामा हुने छैनन् । उनी असफल भएपछि प्रचण्डको जीर्ण हुँदै गएको राजनीतिक घरको जग थप हल्लिने छ ।

अधिकारीको फेसवुकवालबाट


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया