Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगाईको पिसाब (मूत्र) पौराणिक एवं आधुनिक उपयोग

गाईको पिसाब (मूत्र) पौराणिक एवं आधुनिक उपयोग


काठमाडौं । पूर्वीय संस्कृतिमा गाईलाई आमाको दर्जा दिइएको छ । गाईबाट प्राप्त उत्पादन अनेकौँ रोगहरुको निवारणमा उपायोग गरिन्छ । गौमूत्र जुन कि पञ्चगव्यको पनि एउटा महत्वपूर्ण घटक हो । प्राचीन समयदेखि अनेक रोगहरुको उपचारमा उपयोग हुन्छ । यसको वर्णन चरक संहिता, सुश्रुत संहिता, बृहत् भागवत्, अथर्ववेद, भाव प्रकाशमा पनि गरिएको छ । पछिल्ला केही वर्षहरुको अवधिमा गरिएको अध्ययनअनुसार गौमूत्र, रक्तचाप, धमनीहरुमा हुने रुकावट, अवरोध, कब्ज, बबासीर, माइग्रेन, स्त्री प्रसूति रोगहरु, कान तथा नाकका रोगहरुसँग लड्न सक्षम छ । प्राचीनकालमा गौमूत्रलाई आधुनिक युगको एन्टिवायोटिकलाई जस्तै गरी प्रयोग गरिन्थ्यो । यो धेरै तरिकाले उपयोगी प्रकाश पार्नुभन्दा पहिला यसको रासायनिक घटकहरुको जानकारी आवश्यक छ जुन निम्नलिखित छन् ।

सोडियम, नाइट्रोजन, सल्फर, मैगनीज, आइरन, सिकान, क्याल्सियम साल्टस, सिट्रिक एसिड, एन्जाइम्स, ल्कोरिन फासफेट, कारवोलिक एसिड, हरमौन्स, मैग्नीसियम लैकटोज सकिसनिक एसिड क्रिएटिनिन भिटामीन ए, बी, सी, डी तथा ई ।

उपरोक्त घटक वा घटकहरुको कमबेसी नै विभिन्न खाले रोगको कारण बन्दछ । गौमूत्रमा यी सबै एक सन्तुलित मात्रामा हुन्छन् । अतः यसको उपयोगबाट शरीर रोगमूक्र हुन्छ ।

गौमूत्रको पौराणिक उपयोग :
आर्युवेदमा गौमूत्रको निम्नलिखित उपयोग वर्णित छ ।

No description available.

गौमूत्रको औषधीय गुण : युरिया, क्रिएटिनन, कारबोलिक एसिड फिनोल्स, क्याल्सियम, मौगनिजयुक्त भएका कारणले गौमूत्रमा किटानुनाशक गुण छ । एन्टी अक्सिडेन्ट गुण तथा एलैन्टाइनका कारण गौमूत्रलाई क्यान्सरको उपचारमा पनि उपयोग गर्न सकिन्छ । एलैन्टाइनको कारणले पनि गौमूत्र घाउ भरिने गतिलाई छिटो गराउँछ । गौमूत्र नियमित सेवन गर्नाले शरीरको रोग प्रतिरोधक क्षमतामा अभिवृद्धि हुन्छ । मुटु तथा रक्त सञ्चार प्रणालीमा गौमूत्र निम्नरुपबाट लाभकारी हुन्छ कैलीकेरिनले धमनीहरु फैलाउँछ । युरोकाइनेजलेमा फिब्रिनो लाइटिक गुणका कारणरगत जम्नबाट रोक्तछ । नाइट्रोजन, सल्फर, सोडियम तथा क्याल्सियमले रक्त शुद्धीकरणमा मद्दत गर्दछ । तामा र क्याल्सियमले मोटोपन कम गर्ने तथा हाडहरु बलियो बनाउँछ । तामामा विषधर औषधिको गुण हुन्छ । गौमूत्रले शारीरिक समस्थितिलाई बनाएर राख्छ तथा निम्नलिखित प्रक्रियाहरुलाई प्रभावित गर्दछ । बोसो लाग्न कम गर्ने मानसिक तनाव हटाउने, शरीरको विषालु पदार्थहरु सफा गर्ने, मुटु र मस्तिष्क बलियो बनाउने ।

गौमूत्रको कृषि कार्यमा उपयोग : पञ्चगव्य गाईबाट प्राप्त पाँच उत्पादनहरुलाई मिलाएर बनाइन्छ जुनकी दुध, दही, घ्यू, गौमूत्र र गोबर हुन् । यसलाई कृषि भूमिमा उर्वरक तथा किटनाशकको रुपमा उपयोग गर्न सकिन्छ । हालैको अनुसन्धानले गौमूत्र मात्रै एक्लै पनि किटनाशकको रुपमा प्रयोग गर्न सकिनेछ । गौमूत्रले आसुत जैव सक्रिय अणुहरुको गतिविधिहरुलाई तेज गराउँछ जस्तैः क्यान्सरविरोधी औषधिहरु पुष्टिकर, एन्टिबायोटिक आदि । गौमूत्रले माटोमा नाइट्रोजनकै मात्रा बढाउँछ जसले गर्दा बालिनालीको उत्पादनमा वृद्धि गराउँछ ।

माहुरीपालनमा गौमूत्रको उपयोग : युरोपियन फाउलबु्रड माहुरीपालनमा नकारात्मक असर पु-याउने एउटा सर्वकालिक रोग मानिन्छ । यस स्थितिमा गौमूत्र त्वरित एवं समग्र समाधान प्रदान गर्दछ । माहुरीको विकासमा सहयोग गर्दछ र तिनको कार्यक्षमतामा अभिवृद्धि गराउँछ ।

अन्त्यमा : गौमूत्र पद्धति आउने दिनमा एउटा महत्वपूर्ण अनुसन्धानको विषय हुन सक्तछ । आयुर्वेदमा गौमूत्रलाई जीवनका लागि अमृत मानिएको छ । अतः गौमूत्र पद्धति आउने दिनमा अनेकौँ अन्य भयानक रोगहरुको उपचार बन्न सक्तछ । किनकि यो पर्यावरण हितैषी, आर्थिक रुपबाट सजिलै जतिसुकै पनि सहजरुपमा उपलब्ध छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया