‘ओलीतन्त्रमा कानूनको शासन र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ : डा.बाबुराम
काठमाडौ बैशाख १४
जनता समाजबादी पार्टीका नेता एव्म पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओलीतन्त्रमा कानूनको शासन कायम र नागरिकको जीवनरक्षा हुन्छ भनेर विश्वास गर्न नसकिने बताएका छन् । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन आईतबार महानगरिय प्रहरी परिसर काठमाडौ पुगेका जसपाका नेताहरुको प्रहरीले उजुरी लिन नमानेपछि भट्टराईले यस्तो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसददय महेश बस्नेत र किसान श्रेष्ठ विरूद्ध जसपाका नेताहरुले दिएको अपहरण तथा शरिर बन्धकसम्बन्धी जाहेरी लिन आनाकानी गरेको छ।समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव आइतबार दिउँसो आफूलाई अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिन परिसर कार्यालय टेकु गएका थिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया