सुबास बस्नेत
दोलखा, वैशाख १७
लकडाउन उलंघन गर्ने बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलबारदेखि जिल्लामा लकडाउनलाई कडाइ गरेको छ । सरकारले लकडाउनलाई थप कडा गर्न निर्देशन गरेसँगै दोलखामा पनि कडा गरिएको हो । सदरमुकाम चरीकोटमा लकडाउनको उल्लंघन गरेको भन्दै मंगलबार प्रहरीले सवारीसाधनहरूलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सवारी साधनमा सरकारी मोटरसाइकलदेखि ट्याक्टरसम्म रहेका छन् ।
गृह मन्त्रालयको निर्देशनअनुसार थप कडाइ गरिएको दोलखा प्रहरीका प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । मंगलबार मात्रै प्रहरीले २ सरकारी बाइकसहित १६ वटा मोटरसाइकल, चार पांग्रे सवारीसाधन छ, छ चक्के एक र ट्याक्टर एउटा नियन्त्रणमा लिएको छ । लकडाउनको ३६ दिनमा प्रहरीले तीन हजार पाँच सय ८८ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ । लकडाउनमा थप कडाइ गर्ने क्रममा मंगलबार एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्ने उपायबारे प्रशिक्षण दिएर छोडिएको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गरेकालाई कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपायबारे हरेकलाई १० मिनेटको प्रशिक्षण दिइएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया