विकास बजेट कोरोना कोषमा रकमान्तर
सोलुखुम्बु, वैशाख २२
सोलुखुम्बुको लिखुपिके गाउँपलिकाले विकास निर्माणको रकमलाई रकमान्तर गरेको छ । विकास निर्माणका लागि छुट्याइएको बजेट कोरोना कोषमा जम्मा गर्ने गरी रकमान्तर गरिएको हो । गाउँपालिकाले वडा नम्बर १ को सिमाना सामसुङ भञ्ज्याङ सडक निर्माणका लागि विनियोजन गरेको एक करोड बजेट रकमान्तर गरेको हो ।
अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरससँग लड्नका लागि विकास बजेट रकमान्तर गरिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए । बस्नेतले विकासभन्दा पनि जनताको ज्यान ठूलो भएको भन्दै रकम रकमान्तर गरिएको बताए । गाउँपालिका अध्यक्ष बस्नेतको अध्यक्षतामा बसेको गाउँ कार्यसमितिको बैठकले प्रदेश सरकारबाट प्राप्त उक्त बजेट रकमान्तर गर्नुका साथै शीर्षक परिवर्तन गर्ने निर्णय गरेको हो । साथै बैठकले मंगलबार विभिन्न नीति तथा कार्यक्रमका लागि छुट्याएको १७ लाख बेजट पनि कोरोना कोषमा रकमान्तर गरेको छ ।
लकडाउनको समयमा समस्यामा परेकाहरूलाई वितरण गरिएको पहिलो चरणको राहतको भुक्तानी दिनेलगायतका निर्णय गरिएको पालिका अध्यक्ष बस्नेतले जानकारी दिए । विकासको बजेट रकमान्तर गरी कोरोना कोषमा जम्मा गर्ने लिखुपिके गाउँपालिका जिल्लाको पहिलो स्थानीय तहसमेत बनेको छ । कोरोनाका कारण विकास निर्माणका कार्यमा प्रभाव पर्ने निश्चित छ । यसैले गर्दा विकास निर्माणका लागि प्रदेशबाट आएको यो बजेटलाई रकमान्तर गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
अन्य स्थानीय तहले पनि विकास निर्माणका लागि विनियोजन गरेको रकमलाई रकमान्तर गर्नसक्ने देखिएको छ । सोलुखुम्बुमा यो समय विकास निर्माणका लागि महत्वपूर्ण समय भए पनि यो वर्ष कोरोनाका कारण विकास निर्माणका काम हुनसकेका छैनन् । सोलुखुम्बुमा जेठ महिनाको अन्तिमदेखि पानी पर्ने सुरु हुने र त्यसपछि विकास निर्माणका काम बन्द हुने गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया