खुल्न थाले वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योग
सुर्खेत, वैशाख २९
सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरुले आंशिक उत्पादन सुरु गरेको बताए । कच्चा पदार्थ आपूर्ति, मजदुर र यातायातको सुविधा नभएकाले सबै उद्योग सञ्चालन आउन सकेका छैनन् ।
खुलेका उद्योगले पनि तत्काल कच्चा पदार्थ पाउन समस्या देखिएको औद्योगिक क्षेत्रका प्रमुख बञ्जाडेले बताए । कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बञ्जाडेको भनाइ छ । राधाकृष्ण उड इन्डस्ट्रिजका सञ्चालक उद्यम बस्नेतले आफूले उद्योग खोले पनि अझै वातावरण सहज नभएको गुनासो गरे । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उनले बताए । छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले एक साताका लागि प्रदेश सिल गरेको छ । जसले गर्दा यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन् ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसामानको उत्पादन गर्दा पनि बजारमा बेच्न सम्भव नरहेको बताए । हाल सरकारले खाद्यान्न, तरकारी र फलफूल पसल मात्रै खोल्न दिएको छ । अध्यक्ष रावतले उद्योग सञ्चालन सहजताका लागि जिल्ला प्रशासनका साथै प्रदेश सरकारसँग आफूहरुले छलफल गरिरहेको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया