Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवाद्वारा कर्मचारीहरूको कोरोना बीमा

कामना सेवाद्वारा कर्मचारीहरूको कोरोना बीमा


काठमाडौं, जेठ १
कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरूको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरूको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बीमा गराएको छ । विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरूको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यसअघि बैंकले आम नागरिकहरूको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याइसकेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २१ करोड ५४ लाख ९० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड २० लाख ४६ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २८ अर्ब ६० करोड ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी २५ अर्ब नौ करोड ९२ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८५ करोड ७१ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६० करोड २१ लाख ४४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया