गण्डकी विश्वविद्यालयमा एआई विषय पढाइ हुने
काठमाडौं । गण्डकी विश्वविद्यालयले स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयको पठनपाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयमा हाल सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बिफर्मा, बिएएलएलबी र व्यवस्थापन विषयमा स्नातक तहमा पढाइ हुँदै आएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाका अनुसार स्नातकोत्तर सुरु गर्न तयारी भइरहेको छ । विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्ससँगै मौसम परिवर्तन विषयको पठनपाठन गर्ने योजना बनाएको उनले बताए । विश्वविद्यालयको कृत्रिम बौद्धिकता र इन्जिनियरिङका कक्षाहरू यस वर्ष थप गर्ने उद्देश्य रहेको छ । विश्वविद्यालयका उद्देश्य प्राप्त गर्न उपयुक्त विधि तथा प्रक्रियामार्फत मानवीय, भौतिक तथा आर्थिक स्रोतहरूको परिचालनका लागि निश्चित संगठन आवश्यक रहने उनले बताए । विश्वविद्यालयमा हाल विभिन्न ५२ जिल्लाका चार सय ६० जना विद्यार्थी छन् । गत आवमा १६ जना शिक्षक र २१ कर्मचारी नियुक्त गरिएको छ । हाल विश्वविद्यालयमा २४ जना शिक्षक र ५० कर्मचारी स्थायीरूपमा कार्यरत छन् ।
हाल विश्वविद्यालयले पाँच सय २६ रोपनी जमिन उपयोग गर्न पाउने गरी प्राप्त गरेको छ भने नेपाल सरकारबाट थप दुई सय ४८ रोपनी जमिन लिन पहलकदमी भएको छ । अन्वेषण र आविष्कार केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त आठवटा मेसिन तथा केही बहुकार्यात्मक औजारहरू उत्पादन भएको छ । विगतका शैक्षिक तथा प्राज्ञिक अभ्यास र गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल स्थापना गर्ने विषयलाई निरन्तरता दिँदै तयार गरिएको एमबीबीएस कोर्सको जानकारी प्रदेश सरकारमा दिने र गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धन गर्ने नीति विश्वविद्यालयले लिएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा, बिबिध
ट्याग : #page 3
ताजा अपडेट
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
- गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
- चार सवारी साधन दुर्घटना: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
- सत्तापक्षले विपक्षीको कुरा सुनीदिनुपर्यो: नेता डा. कोइराला
- सुपर कम्प्युटर बनाउँदै एलोन मस्क
- नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण
- जीपीएस प्लस सुविधाअघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया