खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन
महेन्द्र शाही
सोलुखुम्बु असार ४
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । अध्यक्ष शेर्पाको ३८ वर्षको उमेरमा मंगलबार निधन भएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । सानोआन्ध्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टरमार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै शेर्पालाई घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको प्रवक्ता शेर्पाले बताए । खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय मानिने शेर्पाको पछिल्लो समय काठमाडौँको ह्याम्स अस्पतालमा ‘केमोथेरापी’ गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको चिकित्सकको भनाइ छ ।
दश महिना पहिले भारतको मेदान्ता अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म ‘रेडियो थेरापी’ गराएका थियो । त्यसपछि स्वीजरल्याण्डमा पनि थप उपचार गराएर काठमाडौँ फर्किएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए । आफूले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि शेर्पाले उपाध्यक्ष टासील्हामु शेर्पालाई जेठ १२ गतेदेखि कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पेका थिए । त्यति नै बेला उनले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा कर्मचारीहरू समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका थिए । उनको पार्थिव शरीरलाई बिहीबार प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले अन्तिम श्रद्धान्जलि दिने नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया