नेपाल राष्ट्र बैंक यतिखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको अन्तिम तयारीमा जुुटेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अहिले जोडतोडका साथ मौद्रिक नीतिको तयारीमा जुुटेका छन् । राष्ट्र बैंकमा विगतमा डेपुुटी गभर्नरबाटै अवकाशप्राप्त अधिकारीको गभर्नरको हकमा यो पहिलो मौद्रिक नीति हो ।
यो अवस्थामा गभर्नर अधिकारीले ल्याउन लागेको यो मौद्रिक नीतिप्रति सबै क्षेत्रको उत्तिकै चासो र आशा रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन घोषणा गरेको थियो । यो लकडाउन पछिल्लो समय केही खुकुुलो भए पनि अर्थतन्त्र सहजरुपमा चलायनमान हुुनसकेको छैन ।
विगतमा तीन महिना पूर्णरुपमा लकडाउन हुँदा सबै आर्थिक क्षेत्र कमजोर भएका छन् । उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्त सबै क्षेत्र कमजोर भएको छ । यो कमजोर अर्थतन्त्रलाई नीतिगतरुपमा निर्णय गरेर आवश्यकताअनुसार सहुुलियत दिएर आर्थिक पुुनरुत्थान गर्ने कार्य अहिले निकै चुुनौतीपूर्ण रहेको छ । यो चुुनौतीको सामना गर्ने निकायको जिम्मेवार व्यक्ति अहिले गभर्नर अधिकारी नै हुुन् । त्यही कारण पनि अहिले गभर्नरप्रति सबै क्षेत्रले ठूलै आशा गरेका छन् ।
निजी क्षेत्रअन्तर्गतका सानाठूला सबै उद्योगी व्यवसायीहरुले आगामी मौद्रिक नीतिको लागि नीतिगत सुझाव राष्ट्र बैंकलाई दिइसकेका छन् । कर्जामा ब्याज छुुट दिनुुपर्ने, कोभिड १९ का कारण व्यवसायमा परेको असरलाई हेरेर पुनर्कर्जा दिनुुपर्ने, कर्जाको सावाँ ब्याज तिर्ने अवधि कम्तीमा पनि असोज मसान्तसम्म थप गर्नुुपर्ने, बैंक तथा फाइनान्स कम्पनीहरुले ब्याजदर पुनरवलोकन गर्नुुपर्ने, बैंकिङ क्षेत्रको विद्यमान स्प्रेडदरलाई कम गर्नुुपर्नेलगायतका सुझावहरु दिएका छन् ।
अहिले पोखरालगायतका क्षेत्रमा यातायात व्यवसायीहरुले लकडाउनको अवधिमा पनि बैंकहरुले कर्जाको सावाँ तथा ब्याजको लागि ताकेता गरेको भन्दै गाडीको चाबी बैंकहरुलाई बुुझाएका छन् । न्युुरोड तथा उपत्यकामा रहेका साना तथा ठूला व्यवसायीहरुले पनि आफ्नो सटरको चाबी बैंकहरुलाई बुुझाउनेसम्मको तयारी गरिरहेका छन् । सिभिल मलका व्यवसायीले पनि मल सञ्चालकलाई चाबी बुझाएका छन् ।
यो अवस्थामा आगामी आर्थिक वर्षको लागि जारी हुुने मौद्रिक नीतिप्रतिको सबैको चासो हुुनुु स्वाभाविक नै हो, छ पनि । सरकारले जेठ १५ गते घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको धेरै मागहरु आगामी मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने अपेक्षा निजी क्षेत्रले गरेको छ । यो अवस्थामा आगामी मौद्रिक नीतिले कोभिड १९ का कारण मुुलुकको समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न सक्नुुपर्छ । अर्थतन्त्रलाई जोगाएर सबैको मागलाई सम्भव भएसम्म सम्बोधन गर्ने गरी अर्थतन्त्रलाई पुनर्जागृत गर्नुुपर्छ । कसैले नहार्ने र सबैले जित्ने किसिमको मौद्रिक नीति ल्याउनुुपर्छ । जुुन मौद्रिक नीतिले मुुलुकको समग्र अर्थतन्त्रलाई माथि उठाउन सकोस् !
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया