अरु कसैले अन्याय गरे भने न्यायालयमा जानू भनिन्छ तर जब न्यायाधीशले नै अन्याय गर्छन् भने कहाँ जाने ? यतिबेला देशमा यस्तो गम्भीर प्रश्न खडा भएको छ । त्यसमाथि सर्वोच्च अदालत र यस्तो सर्वोच्च अदालतको पनि सर्वोच्च पदाधिकारीबाट नै भएको फैसलामा न्यायमाथि खेलवाड भएको अवस्था सामान्य होइन । जसका कारण लोकतान्त्रिक पद्धतिमाथि समेत प्रश्न खडा हुन सक्छ । न्याय मरेको अवस्थामा जस्तोसुकै लोकतन्त्रको पनि काम हुँदैन ।
पछिल्लो समय एउटा विषयमा पुनरावेदन भयो त अर्को विषय छोइएको समेत छैन । बाटोमा हिँडिरहेको एउटा नागरिकलाई मदिराले अनियन्त्रित भएको व्यक्तिले शरीरमाथि गाडी कुदाएर मारेको थियो, त्यसबारे पुनरावेदन हुन बाँकी छ । यो झनै खतराको विषय थियो । लाइसेन्स नभएको मान्छे, त्यसमाथि मदिरा सेवन र फुटपाथमा हिँडिरहेको मान्छेलाई किचेर मारेको अवस्था अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएको बेला सर्वोच्चका न्यायाधीशले नै यस्तो थुनामा राख्नु अन्याय भएको भनी फैसला सुनायो । यो पनि अन्यायलाई जोगाउने काम नै थियो, जसरी प्रधानन्यायाधीशको फैसलाले जोगाएको भन्ने यतिबेला ठहर भएको छ ।
पत्नीको हत्या गरेबापत जन्मकैदको सजाय पाएका व्यक्तिप्रति प्रधानन्यायाधीशको मन गलत प्रकारले पग्लिएको भन्ने त अदालतले नै पुष्टि गरिदियो । त्यो मुद्दामा महान्यायाधिवक्ता कार्यालयको पुनरावेदन लाग्यो । अब यसरी नै अर्को मुद्दामा पनि पुनरावदेन जान आवश्यक छ । त्यसो भएन भने ज्यानमुद्दामा थुनामा समेत बस्न नपर्ने अर्को नजिर कायमै रहनेछ ।
पछिल्लो पुनरावेदनमा तीन सदस्यीय पूर्ण इजलासले प्रधानन्यायाधीशले भनेको घटना ‘भवितव्य’ लाई मानेन । गएको असार १५ गतेको फैसलामा कोइरालाकी श्रीमती गीता ढकालले व्यापारका लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुवैजनाबीच झगडा, वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई कोइरालाले धकेल्दा टाउको भित्तामा ठोकिई मृत्यु भएको, वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखिएको भनेर प्रधानन्यायाधीश नै रहेको इजलासले फैसला गरेको थियो ।
त्यसमा तीन न्यायाधीशको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारको निवेदन स्वीकार ग-यो । यो भनेको पहिलेको फैसला गलत हो भन्ने नै हो । यो आदेशमा भनिएको छ, प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटना घटेपछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातालाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्था देखिँदैन ।
यससँग नै मिल्छ, बुढानिलकण्ठको हत्या घटना पनि शब्द अलग होलान् । तर त्यो फैसलामा पनि अभियोगी दमको बिरामी रहेको वारदात हुँदा उसको मनसाय नियन्त्रणमा नरहेको, आफैँ डिप्रेसनको रोगी भएको जस्ता कारण बताइएको छ । साथै त्यो फैसलाको यस्तो आधार बनाउँदा सुरुमा प्रस्तुत भएका भन्दा पछि सिर्जना गरिएको यस्ता कथाको आधार लिइएको छ । त्यसकारण बुढानिलकण्ठ हत्या घटनाका यस्ता फैसलाका बारेमा पनि एउटा निरूपणमा पुग्न आवश्यक छ । त्यसो भएन भने आउँदा दिनमा त्यो पनि नजिर बनेर हत्या गरेका प्रमाणहरू पर्याप्त हुँदा हुँदै पनि जेल बस्न नपर्ने अवस्था आउँछ । यसमा पनि ध्यान दिइयोस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया