Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल धितोपत्र बोर्डद्वारा बोर्डबाट स्वीकृति नलिएका योजनाहरूको सेयर नकिन्न आग्रह

नेपाल धितोपत्र बोर्डद्वारा बोर्डबाट स्वीकृति नलिएका योजनाहरूको सेयर नकिन्न आग्रह


काठमाडौं, साउन १५
नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति नलिएका योजनाहरूको सेयर नकिन्न आग्रह गरेको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै बोर्डबाट स्वीकृतिप्राप्त नभएका निष्कासन तथा योजनाहरूमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरूलाई आग्रह गरेको हो । केही दिनयता विदेशमा दर्ता रहेको सगुुन इन्कर्पोरेसनजस्ता कम्पनीहरूले नेपाली लगानीकर्ताहरूलाई लक्षित गरी सेयर निष्कासन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै बोर्डले त्यस्तो सेयर नकिन्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार संगठित संस्थाले नेपालमा धितोपत्र निष्कासन गर्नुुअघि बोर्डमा दर्ता गर्नुुपर्ने र ५० जनाभन्दा बढीलाई धितोपत्र बिक्रीवितरण गर्नुुपर्ने भएमा त्यस्तो धितोपत्रको लागि सार्वजनिकरूपमा निष्कासन गर्नुुपर्नेछ । यो अवस्थामा बोर्डको अनुुमतिबिना धितोपत्र निष्कासन गर्नुु गैरकानुनी हुुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा लगानीकर्ताहरूको हित संरक्षण नहुुने भन्दै बोर्डले त्यस्तो कम्पनीको सेयर खरिद नर्गन आग्रह गरेको हो । बोर्डले प्रचलित कानुुनबमोजिम स्वीकृत नपाएका त्यस्ता निष्कासनमा लगानीकर्ताहरूलाई लक्षित गरी कुुनै पनि व्यक्ति वा संस्थाले सञ्चार माध्यममार्फत त्यस्तो सूचना प्रकाशन नगर्न पनि बोर्डले आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया