Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानी रकेट आक्रमणमा परी अफगानिस्तानमा १५ को मृत्यु

पाकिस्तानी रकेट आक्रमणमा परी अफगानिस्तानमा १५ को मृत्यु


काबुल, साउन १८
अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उहाँको भनाइ छ । ‘अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्’, नाम नबताउने शर्तमा एक सैनिकले बताए ।

घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि स्रोतले जनाएको छ । भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन । स्रोतका अनुसार अहिले उनीहरुले भिडन्त स्थगन गरेपनि कुनैपनि बेला फेरि आक्रमण गर्नेगरी तयारी अवस्थामा रहेको पाइएको छ । दुवैतर्फका सुरक्षाकर्मीहरुले घटनास्थल वरीपरी ठूलो संख्यामा सुरक्षाकर्मीहरु पठाएको पनि स्रोतले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया