ट्राफिक प्रहरीद्वारा ७७ हजारभन्दा बढी राजस्व संकलन
महेन्द्र शाही
सोलुखुम्बु ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले भदौ महिनामा ७७ हजारभन्दा बढी राजस्व संकलन गरेको छ । एक महनिाको अवधिमा विभिन्न एक सय १७ वटा सवारी कारबाहीबाट ७७ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक कृष्ण कटुवाले जानकारी दिए । लकडान भएकाले राजस्व संकलनमा केही कमी भएको पनि उनको भनाइ छ । जिल्लाबाहिर जाने सवारीसाधन बन्द रहेको समयमा पनि कारबाही संख्या हेर्दा अधिक भएको उनले बताए ।
ट्राफिक प्रहरीका अनुसार एक महिनामा सबैभन्दा बढी ५१ वटा मोटरसाइकल कारबाहीमा परहेका छन् । मोटरसाइकल कारबाहीबाट मात्र ट्राफिक प्रहरीले भदौ महिनामा ३७ हजार पाँच सय राजस्व संकलन भएको जनाएको छ । त्यस्तै भदौ महिनामा २५ ट्रकबाट १२ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज कटुवालको भनाइ छ । एक महिनाको अवधिमा २० वटा जिप कारबाहीमा परेका छन ।
जिल्लाबाहिरको सवारी आवागमन रोकिएकाले जिप कारबाहीको संख्या कम देखिएको ट्राफिक प्रहरीको भनाइ छ । जिप कारबाहीबाट १२ हजार राजस्व संकलन भएको जनाइएको छ । त्यसैगरी भदौ महिनामा ११ वटा अटो रिक्सा कारबाहीबाट नौ हजार, पाँचवटा ट्याक्टरबाट तीन हजार, पाँचवटा ट्रिपरबाट तीन हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरीको जनाएको छ ।
कारबाहीमा पर्नेमा सवारी चालक अनुमतिपत्र साथमा नराख्ने, लापरबाहीका साथ सवारी सञ्चालन गर्नेहरू रहेको कटुवालको भनाइ छ । भदौ महिनामा ट्राफिक प्रहरीले तीनवटा मादकपदार्थ सेवन गरी सवारी सञ्चालन गर्नेहरूलाई पनि कारबाही गरेको बताएको छ । जसमा दुईवटा अटो रिक्सा र एउटा जिपका चालक रहेको इन्चार्ज कटुवाले बताए । अघिल्लो महिना भने मापासेमा कारबाहीमा पर्नेको संख्य शून्य थियो । त्यसभन्दा अघिका महिनाहरूमा पनि एक दुईवटा मापासेको कारबाहीमा पर्ने गरेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया