Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआज दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी

आज दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी


काठमाडौं, पुस १४
नेपाल राष्ट्र बैंकले आज सोमबार दुुई अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति पुुस १५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ ।

सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७६ चैत १८ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ साल पुुस १४ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही पुुस ७ गते पनि राष्ट्र बैंकले ११ अर्ब तीन करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको चार अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x