इस्वी सम्वतअनुसार आजबाट नयाँ वर्ष सुरु भएको छ । हिजोसम्म सन् २०१९ थियो र आजबाट सन् २०२० सुरु भएको हो । यो नयाँ वर्ष संसारभर मनाइन्छ र यो विश्वका सबैभन्दा धेरै जनता र राष्ट्रले मनाउने नयाँ वर्ष हो । यद्यपि विभिन्न देश र समुदायले छुट्टै मनाउने नयाँ वर्ष नभएको होइन । तथापि यो नै संसारभरको नयाँ वर्ष हो । र यसलाई संसारभर उल्लासपूर्वक स्वागत गरिन्छ ।
विश्वमानचित्रमा रहेको नेपाल सानो तर सुन्दर हिमाली राज्य हो । हिमाल, पहाड र तराई गरी तीन सुन्दर भाग रहेको नेपाल जलवायुका हिसाबले विविधता भएको मुलुक हो । यहाँ छिनभरमा नै हिमालको छेउमा पुग्न सकिन्छ भने त्यसैगरी एकै छिनमा पहाडको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । एकैछिनमा तराइको गर्मीमा पुग्न सकिन्छ । यस्तो भौगोलिक विविधता भएको मुलुक विश्वमा कमै पाइन्छ र प्राकूतिक सुन्दरतासँगै यहाँका धार्मिक र सांस्कृतिक विविधता पनि उत्तिकै महतवपूर्ण मानिन्छन् । भौतिक विकासका दृष्टिले पनि विश्वका विकसित मुलुकका मानिसलाई नेपाल भ्रमणले वातावरणीय परिवर्तन, पृथ्वीको तापक्रम वृद्धि खण्डवृष्टी, अनावृष्टीजस्ता विश्व समुदायले व्यहोर्नु परेका यावत चुनौतीका विषयमा अध्ययन अनुसन्धान गर्न उपयुक्त थलो हुनसक्दछ ।
नेपाल सरकारले सन् २०२० को नयाँ वर्ष शुभारम्भसँगै ‘नेपाल भम्रण वर्ष २०२०’ मनाउँदै २० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य राखेको छ । तर, सरकारले त्यसका लागि पर्याप्त पूर्वाधार तयार पारेको छैन । यसरी हाम्रो देश भ्रमण वर्ष भनेर कुनै एक वर्ष मात्रै भ्रमण वर्ष मनाउन उपयुक्त देश होइन । यहाँको हरेक क्षेत्रमा पाइने विविधता विश्वका मानिसका लागि सधैँ उत्तिकै आकर्षक र चाखलाग्दा छन् र रहिरहनेछन् । प्रकृतिले नै नेपाललाई त्यही स्वरूप दिएर सिंगारेको छ । त्यसकारण नेपाल एउटा निश्चित वर्षका लागि भ्रमण वर्ष मनाउनु पर्ने मुलुक होइन । यो हरेक वर्ष भ्रमण वर्ष मनाउन उपयुक्त मुलुक हो । सरकारले पनि आफ्नो मुलुकको यो महतवलाई बुझेर हरेक वर्ष नयाँ वर्ष मनाउन उपयुक्त हुनेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया