Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारचुनिखेलमा नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम काउन्टर

चुनिखेलमा नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम काउन्टर


काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौँको चुनिखेलमा पनि एटीएम काउन्टर सञ्चालनमा ल्याएको छ । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनिलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो एक सय २६औं एटीएम विस्तार गरेको हो । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवालसहितका व्यक्तिहरूले उद्घाटन गरेका हुुन् । बैंकले हाल ८३ वटा शाखा, एक सय २६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु-याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया