Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेको इन्स्योरेन्सद्वारा कृषि तथा पशु बीमासम्बन्धी अन्तरक्रिया

नेको इन्स्योरेन्सद्वारा कृषि तथा पशु बीमासम्बन्धी अन्तरक्रिया


काठमाडौं ।
नेको इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा विषयमा छलफल गरेको छ । विगत २५ वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले कृषि तथा पशुपन्छी बीमासम्बन्धी विभिन्न सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल राष्ट्र बैंकले आव २०७७/७८ को मौद्रिक नीतिमार्फत कृषि कर्जाको लागि अगुवा बैंक तोकेको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल बीमक संघ, कृषि विकास बैंक, तथा कृषक व्यवसायीहरूका प्रतिनिधिहरूको सहभागिता थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यताबीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए । सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि कर्जा, बीमा, विपत् व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश विष्ट, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका केदार पोखरेल, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, बीमक संघका उपाध्यक्ष नुरप्रकाश प्रधान, कृषक व्यवसायीहरू प्रभात तामाङ, सुरेन्द्र बलायलगायतले आफ्ना धारणा सुझाव व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया