सात करोड ४२ लाख रुपैयाँको कर्जा काण्डमा मुछिएका आधा दर्जन व्यक्ति पक्राउ
महालक्ष्मी विकास बैंकको सुनकाण्ड
काठमाडौं ।
महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखामा भएको सुन कर्जा घोटालामा संलग्न भएको अभियोगमा उक्त शाखामा कार्यरत शाखा प्रबन्धकसहित आधा दर्जन व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार यही मंसिर ६ गते कर्जा घोटालाकाण्डमा संलग्न तीन जना ऋणीहरूलाई र यही पुुस ५ गते अर्थात् आइतबार कर्जा घोटाला काण्डमा संलग्न तीन जना कर्मचारीहरूलाई पक्राउ गरिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार पक्राउ पर्ने ऋणीहरूमा खोटाङ साबिक रतन्छा गा.वि.स. वडा नं. १ हाल परिवर्तित ऐ. साकेला गाउँपालिका वडा नं.२ घर भई हाल ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.५ लगनखेल बस्ने पुर्ण राई, खोटाङ साबिक रतन्छा गा.वि.स.वडा नं. १ हाल परिवर्तित ऐ. साकेला गाउँपालिका वडा नं.२ घर भई हाल ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.१४ बस्ने ऋणी देवानन्द राई र धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.४ घर भई हाल ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.१४ बस्ने २५ वर्षीय ऋणी सन्दिप लिम्बु रहेका छन् ।
उक्त कर्जा घोटालामा संलग्न काठमाडौं गौशाला बस्ने शाखा प्रबन्धक स्मृति राना, कास्कीको पोखरा महानगरपालिका वडा नं. ९, स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा.वडा नं. ११ सतुंगल बस्ने शाखा प्रबन्धक पिंकुु पालिखे र मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, स्थायी वतन भई हाल जिल्ला ललितपुर ११ बस्ने अनिस सिंह सिजापती समेतलाई पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
प्रवक्ता पाण्डेका अनुसार काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१ दरबारमार्गस्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी विकास बैंकको शाखा कार्यालय ललितपुर कुमारीपाटीबाट शाखा प्रबन्धकहरूलगायत पुर्ण राई समेतका विभिन्न ऋणीहरूले मिलोमतो गरी कम तौलका सुनका गरगहनालाई बढी तौलको देखाई अत्यधिक मूल्यांकन गरी बढी ऋण लिन सफल भएका थिए । यसरी ऋण लिए पनि हालसम्म सावाँ ब्याजसहित सात करोड ४२ लाख ६१ हजार सात सय ४३ रुपैयाँ रकम नतिरी बैंकलाई हानी नोक्सानी पु-याएको अभियोगमा छ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
प्रवक्ता पाण्डेका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा यी व्यक्तिहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका कर्मचारी तथा ऋणीहरूउपर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया