काठमाडौं ।
अप्रत्यासितरूपमा संसद् विघटन भएर देशमा नयाँ चुनावको मिति तोकिएको अवस्था छ । आगामी वैशाखको अन्तिम सातासम्म नेपालमा चुनावबाहेक अरु कुराले प्रथमिकता पाउने अवस्था पनि आउँदैन । राजनीतिक अस्थिरता बढेको अवस्थामा विकास निर्माणको कामले उचाइ लिएको उदाहरण छैन । प्रधानमन्त्री आफैँले भनेअनुसार पनि बितेको समय राजनीतिक अस्थिरताले नै विकास निर्माणलाई बाधा पा-यो । यो काम अरुबाट नभई आफ्नै दलभित्रबाट भएको भन्ने आरोप छ प्रधानमन्त्रीको ।
प्रधानमन्त्रीले आफ्नो पछिल्लो सम्बोधनमा भनेका छन्– पार्टी घोषणापत्रको मर्म र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई हाँक्न सक्नेगरी योेग्यता–क्षमताका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्न खोज्यो भने आफ्नो र पराइका कित्ताकाट गरेर टुंगोमा पुग्न दिइएन । महत्वपूर्ण संवैधानिक अंगहरूमा रिक्तता सिर्जना हुन थाल्यो तर पूर्ति गर्न पाइएन । पछाडि परेका सामाजिक समुदायको हितका लागि विभिन्न संवैधानिक आयोगहरूको व्यवस्था छ, तर साढे दुई वर्षसम्म पनि त्यहाँ नियुक्ति हुन पाएन ।
सरकारले दूरगामी महत्वका काम गरेको छ, प्रतिकूलताका बीचमा पनि मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, युगान्तकारी काम सुरु भएका छन् । तर विपक्षी दलहरूलाई पनि उछिनेर केही नेताहरू सरकारको अनन्त विरोध र नकारात्मक मनोविज्ञान सिर्जना गर्न उद्यत भइरहनुभयो । नेपालमा लामोसमयको अन्तरपछि स्थिर राजनीति सुरु भएको मानिएको थियो । तीन वर्षअघिको आम निर्वाचनमा जनताले कुनै एउटा दल वा गठबन्धनलाई दुई तिहाइको हाराहारीमा हुनेगरी मत दिएका थिए । त्यो सरकारले काम गरेको दुई वर्ष १० महिनामा त्यो मत काम नलाग्ने भयो र ताजा जनादेशमा जाने निर्णय भयो ।
प्रधानमन्त्रीले माथि भनेअनुसारको अवस्था हो भने आउँदो चुनावले पनि स्थायित्व दिने अवस्था रहँदैन । यो चरित्रगत कुरा हो, जो निर्वाचनको बेलामा पनि सँगसँगै जान्छ । प्रधानमन्त्रीले यसलाई परिवर्तन गर्न सक्ने अवस्था देखिएन । बरु झन् अस्थिरता थप्नेतर्फका काम भए– खासगरी विकास निर्माणका सन्दर्भमा । संसद् विघटन भएपछि जस्तो अन्योल खडा भयो, यही घटनाक्रमका कारण त्यसैदिन ७ जना मन्त्रीले सामूहिक राजीनामा दिए । यसले ती मन्त्रालयका काममा बाधा उत्पन्न गराउँछ नै । यी मन्त्रालयमा नयाँ मन्त्री आए पनि तिनको अवधि वैशाखसम्म मात्र हुने निश्चित छ । यस्तोमा नयाँ आउनेहरूको नृतृत्व स्थापितै नभई सरकार परिवर्तनको संघारमा पुग्नेछ ।
निर्वाचनबाहेक अरु कुराको चर्चा अबका दिनमा हुँदैनन् । विरोध वा समर्थन जे होस् यही कुराले मात्रै स्थान पाउनेछन् । यो समय भनेका विकास निर्माणका लागि सबैभन्दा उपयुक्त हो । त्यही समयमा संसद्को असामयिक विघटन गरी नयाँ चुनावको मिति तोकिएपछि विकास निर्माणका काममा विभिन्न समस्या देखिन थाल्छन् । देशमा कतिपय यस्ता आयोजना छन् जसले नागरिकरको बिहान–बेलुका नै हुनेगरी ध्यान आकर्षण गरिरहेका थिए । अब तिनमा खबरदारी गर्ने नेतृत्व नहुँदा ती आफैँ निष्कृय हुने अवस्था हुन सक्तछ । यसले जनताको मनमा नैराशा भर्ने काम गर्छ । सरकारले यसको यथाशीघ्र सम्बोधन गर्नुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया