धनगढी ।
१४ जनाविरुद्ध ठगी मुद्दा दायर गर्ने बैंक अफ काठमाण्डू कैलाली शाखाका तत्कालीन प्रबन्धकलाई अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत कैलालीले बैंक अफ काठमाण्डूका तत्कालीन प्रबन्धक दीपक खनालले २०७५ साल भदौँमा धनगढीकै १४ जनाविरुद्ध दायर गरेको सरकारी कागज, छाप, दस्तखत किर्ते र ठगी मुद्दामा खनाललाई नै दोषी ठहर गरेको हो ।
अदालतका श्रेस्तेदार राइभान कुन्जेडाले मंगलबार जिल्ला अदालतका न्यायाधीश बाबुकाजी श्रेष्ठको इजलासले खनालले मालपोत कार्यालयका लेखनदास, बैंककै कर्मचारी र केही जग्गाधनीविरुद्ध दायर गरेको मुद्दामा जाहेरीवालालाई दोषी ठहर गरी अन्य १३ जनालाई सफाइ दिएको जानकारी दिए । अदालतले खनालको जाहेरीले प्रतिवादी बनेका धनगढीका जग्गाधनी रामबहादुर कुवँर, दीपक कुवँर, प्रभा तामाङ, दोर्जे लामा, कमलबहादुर तामाङ र धनबहादुर तामाङलाई सफाइ दिएको हो । अर्का जग्गाधनी दीपक खड्काको मुद्दा भने तामेलीमा राखिएको अदालतले जनाएको छ ।
अदालतका श्रेस्तेदार कुन्जेडाका अनुसार खड्का नेपालबाहिर भएकाले स्वदेशमा भेटिनेबितिकै मुद्दा चलाउने गरी मुद्दा तामेलीमा राखिएको हो । धनगढीको क्याम्पस चोकमा डेरी सञ्चालन गर्दै आएका खड्का मिटर ब्याज धन्दामा फसेका थिए । यस्तै अदालतले खनालले प्रतिवादी बनाएका मालपोत कार्यालय कैलालीका लेखनदास प्रकाश पन्त, खेमबहादुर विष्ट, भोजबहादुर थापा र हरीप्रसाद जोशीले पनि सफाइ पाएका छन् । खनालकै सहकर्मीहरू महेश जोशी, बुझाउन चौधरी र प्रकाशदत्त भट्टले पनि सफाइ पाएको अदालतले जनाएको छ ।
अदालतले जाहेरी दिने बैंकका तत्कालीन प्रबन्धक खनाललाई दोषी ठहर गरे पनि सजाय भने निर्धारण गरेको छैन । आउँदो पुस २३ गते मात्र सो मुद्दामा दोषी ठहर भएका खनालाई हुने सजायको निर्धारण गरिने बताइएको छ । उनलाई कैद र बिगोबराबरको जरिवाना हुने सम्भावना रहेको बताइएको छ ।
खनालले मुद्दा दायर गर्दै किर्ते छाप, दस्खत र कागजपत्र तयार गरी जग्गाधनीहरूले ऋण लिएर आफूलाई ठगी गरेकाले सजायको माग दाबीसहित मुद्दा दायर गरेका थिए । उनले किर्ते कागजपत्र पेस गरी ती जग्गाधनीहरूले दुई करोड २४ लाख रूपैयाँ ऋण लिएको भन्दै असुलउपर गराउन मागदाबी गरेका थिए । तर अदालतले उल्टै खनालाई दोषी ठहर गरेको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया