सोलुखुम्बु ।
सोलुखुम्बुमा २०६३ सालमा स्थापना गरिएको दलित छात्रवास भवन अव्यवस्थित देखिएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीस्थित तत्कालीन हिमाली उत्पीडित समुदाय उत्थान मञ्च सोलुखुम्बुले सञ्चालनमा ल्याएको दलित छात्रवासको भवन लथालिङ्ग अवस्थामा पुगेको हो ।
व्यवस्थापन समितिले रेखदेखमा चासो नदेखाउँदा भवनको भुइँतलामा रहेका फर्निचरहरू भत्किएको, बिजुलीको तार व्यस्थापन नभएको, घेराबारको उचित प्रबन्ध नभएको अवस्थामा रहेको छ । सोही छात्रावासमा बसेर २ वर्ष अध्ययन गरेका विद्यार्थी रामबहादुर विश्वकर्माले छात्रावासको व्यवस्थापन पाटो कमजोर रहेको गुनासो गरे । वर्षौँदेखिको समस्या समाधानका लागि व्यवस्थापन समितिलाई आग्रह गरेको भए पनि अटेर गरेको उनको भनाइ छ । आफूहरूले बारम्बार सुधारका लागि आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
अध्ययनका लागि सदरमुकाम बस्दा विद्यार्थीलाई आर्थिक भार बढी पर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीलाई अध्ययन सहजीकरणका लागि बनाइएको छात्रवासमा खानेपानीको उचित प्रबन्ध नहुँदा झनै समस्या भएको लिखुपिके गाउँपालिका घर भई छात्रवासमा बस्दै आएका विद्यार्थी संगिता घिमिरेको गुनासो छ ।
छात्रावासको सबै पक्ष कमजोर रहेको उनले बताइन् । अहिले सो छात्रावासमा करिब एक दर्जन विद्यार्थी बस्दै आएका छन् । १५ वटा कोठा, ३ शौचालय र भान्सा कोठा रहेको छात्रावासको मर्मतका लागि बजेट अभाव रहेकाले समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर नेपालीले बताए । ४० जना विद्यार्थी क्षमता रहेको चार रोपनी क्षेत्रफलमा रहेको छात्रावासको व्यवस्थापनका लागि सोलुदुधकुण्ड नगरपालिकालाई अनुरोध गरिएको उनले बताए । बजेट व्यवस्थापन गरेर मर्मतका लागि आफूहरू लागि रहेको अध्यक्ष नेपालीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया