मेरी स्टोप्सद्वारा निःशुल्क हेल्पलाइन नम्बर सुचारु
काठमाडौं ।
परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाइले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ । हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाइमा प्रजननसम्बन्धी निर्णय लिन सहयोग गर्दछ ।
सुनौलो परिवार नेपाल/मेरी स्टोप्स नेपाल यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स इन्टरनेशनलको नेपालका लागि समर्पित संस्था हो । ११४३ ले ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने बुझाउँछ । यस्तै कम्पनीकै ‘मेरी साथी’ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजेदेखि राति १२ बजेसम्म खुला रहने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया