काठमाडौं ।
नेपाली सोनाको आयोजनामा ‘प्रधानसेनापति ट्रफी २०७७’ खेलकुद प्रतियोगिताका सुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा उक्त खेलकुद प्रतियोगिताको बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
प्रतियोगिता माघ २ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । उक्त प्रतियोगितामा नेपाली सेनाको पृतनाहरूको आठ, मद्दती बाहिनीहरूको पाँच, विशेष फौज बाहिनीको एक र फुटबल खेलमा विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालयको एक गरी जम्मा १५ वटा टिमहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरू भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनीस्थित जगदल गण तथा लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछन् । कार्यक्रममा पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकृतहरू, वहालवाला तथा अवकासप्राप्त रथीबृन्दहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जनकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारामा आधारित रहेर नेपाली सेनाभित्रका खेल प्रतिभाहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको ’प्रधानसेनापति ट्रफी’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया