कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार पक्राउ
काठमाडौं, पुस २१
कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार व्यक्ति दिपक नेपाल पक्राउ परेका छन् । कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको एक करोड रुपैयाँसहित फरार रहेका मोरङ रंगेली नगरपालिका २ का ४३ वर्षीय नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्ब रुपैयाँ (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई विभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको उक्त रकम निकाली फरार नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ । यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका ८ बसपार्कस्थित होटल साह प्याराडाइजबाट सोही महानगरपालिका १६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट दुुई हजार दरका तीन थान नोट गरी छ हजार नक्कली भारतीय रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको हो ।
यसैबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबार नै सुन र हिरासहित दुुई जना भारतीय नागरिक पक्राउ गरेको जानकारी दिएको छ । महाशाखाका अनुसार नेपाल एयरलायन्सको उडानद्वारा मलेसियाबाट नेपाल आएका तामिल नाडुुका मोहम्मद मेहदिन सताथ र भारतको केरला बस्ने कोताकुुथ किजाखुु पक्राउ परेका हुुन् । उनीहरुलाई त्रिभुुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिकको साथबाट दुुई सय २२ ग्राम हिरा र पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया