Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुइसको ट्विटले भ्रमण वर्ष फिक्का

लुइसको ट्विटले भ्रमण वर्ष फिक्का


काठमाडौं, पुस २१
सरकारले सन २०२० जनवरी १ अर्थात् गत पुस १६ गते बुधबार २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको शुभारम्भ ग-यो । राजधानी काठमाडौंको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । तामझामका साथ अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपाल भ्रमणको लागि आकर्षित गर्दै भ्रमण वर्ष लक्षित विशेष कार्यक्रम आयोजना गरियो । तर सरकारले नेपाल भ्रमणमा आउने तिनै पर्यटकको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधारको विषयमा कुनै किसिमको ध्यान भने पु-याउन नसकेको एक विदेशी महिलाले नै टिप्पणी गरेकी छिन् ।

नेपाल सरकारले भ्रमण वर्ष शुभारम्भ गरेको पर्सीपल्ट अर्थात् जनवरी ३ तारिखका दिन दक्षिण कोरियाकी नागरिक भिक्टोरी लुइसले ट्विट गर्दै सो कुराको खुलासा गरिदिएकी हुन् । उनले आफ्नो ट्विटमा लेखेकी छन् ‘काठमाडौं एयरपोर्टमा शौचालय जान गल्ती गरेकोले अब फेरि सफा महसुस गर्न २० वर्षसम्म नुहाउनुपर्छ ।’ उनले गरेको यो ट्विटबाट नै प्रष्ट हुन्छ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयकोे हालत ।
भ्रमण वर्षलक्षित कार्यक्रमका लागि भन्दै सरकारले अर्बौँ रकम खर्च गरेर भौतिक पूर्वाधारमा लगानी गरिरहेको छ । तर सरकारले गरेको लगानीको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा उनले गरेको यो ट्विटबाट प्रष्ट भएको छ । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । पर्यटकको पहिलो नजर पर्ने एयरपोर्टको शौचालयको हालत यस्तो अवस्थाको छ भनेर विदेशीले औँल्याइदिनुपर्ने भएपछि सरकारले गरेको भ्रमण वर्ष लक्षित तयारी अहिले फिक्का भएको छ ।

संघीय राजधानीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल शौचालयको हालत यो अवस्थामा पुग्नु भनेको नेपालको छवि अन्तर्राष्ट्रिजगत्मा राम्रो छैन भन्ने म्यासेज जानु हो । यसले मुलुकको प्रतिष्ठामा नै आँच पु-याएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको नागरिक उड्डयन प्राधिकरण र त्यसका महानिर्देशकको लापरबाहीका कारण यो घटना बाहिर आएको हो । यो ट्विट लुइसले सार्वजनिक गरेपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि यो घटनालाई नजिकबाट नियालिरहेका छन् । नेपाल भ्रमणको लागि भनेर सरकारले बोलाउने र उनीहरुलाई दिनुपर्ने न्यूनतम आधारभूत सुविधासमेत दिन नसक्ने हो भने उनीहरुले प्रश्न उठाउने ठाउँ रहन्छ ।

यो घटनाले विमानस्थलभित्र रहेको शौचालयको हालत यस्तो रहेको छ भने दूरदराजका ठाउँमा रहेका शौचालयको हालत कुन अवस्थामा रहेका छन्, सजिलै अनुमान लगाउन गाह्रो पर्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मेवारी त्यसको रेखदेखको गर्ने काम नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको विमानस्थल कार्यालयले गर्दै आएको छ । हाल सो कार्यालयका प्रमुखको जिम्मेवारी देवेन्द्र केसीले सम्हालिरहेका छन् । उनले गत असोज १९ गतेबाट सो जिम्मेवारी पाएका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया