लक्ष्मी बैंकद्वारा ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक
काठमाडौं ।
लक्ष्मी बैंकले आयोजना गरेको ’माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो । यसअघि बैंकले ’माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरूले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेस गर्ने गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरूमा प्रयोग हुँदै आएको छ । ’माइ मोबाईल मनि’ प्रतियोगितामा भने पाँचवटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरूले प्रत्येक शीर्षकमा तीन मिनेटसम्मको १,१ गरी कुल पाँचवटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो ।
यस व्यवस्थाअन्तर्गत सहभागीहरूले प्रत्येक शीर्षकमा ५० हजार गरी कूल दुुई लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरूबाट दुुई सय ५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शीर्षकमा भने दुई भिडियोहरूबीच बराबर भई दुईवटै भिडियो बिजेता भएका छन् । प्रतियोगितामा प्राप्त भिडियोहरूबाट रचनात्मकता तथा कथा वस्तु, कार्यान्वयन र प्रासङ्गिकताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।
बैंकका अनुसार पुरस्कृत हुुनेहरूमा बिल भुक्तानी एक लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर, बिल भुक्तानी दुई विकास त्रपाठी, पोखरा, कार्ड सेवा सन्तोश शाक्य, काठमाडौँं, कार्डरहित नगद निस्काषन भुवन तिवारी, भरतपुर, नगद ट्रान्स्फर छेवाङ गुरुङ, मुस्ताङ रहेका छन् ।
प्रतियोगिताबारे निर्णायक मण्डलको राय यसप्रकार रहेको छः यो प्रतियोगिताको निर्णायकका रूपमा मेरो अनुभव सुखद रह्यो । प्रतियोगी भिडियोहरू रचनात्मक र मौलिक हुनुको साथै बैंकको ब्राण्ड झल्काउने खालका थिए । विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु ।
रम्यता लिम्बु, फेस्टिभल निर्देशक, काठमाडौँं इन्टर्नेसनल फिल्म फेस्टिभल प्रतियोगी भिडियोको स्तर तथा प्रतियोगीको पूर्वतयारी आश्चर्यजनक थियो । विजेता र सहभागी सबैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै यस्तो उत्कृष्ट अभियानका लागि बैंकलाई धन्यवाद दिन चाहन्छु ।
शेखर क्षेत्री, म्यानेजिङ डिरेक्टर, भिचित्र एडभर्टाइजिङ बैंकले सो प्रतियोगिताक सबै विजेताहरूलाई बधाई दिँदै यो प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागिहरूलाई धन्यवादज्ञापन गरेको छ । साथै यसप्रकारका नयाँ र रमाइला प्रतियोगिताहरू भविष्यमा पनि लिएर आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया