सामसङद्वारा लक्की ड्रका विजेता घोषणा
काठमाडौं ।
सामसङ नेपालले ग्यालेक्सी एस२०, एस२० प्लस तथा ग्यालेक्सी नोट२० र नोट २० अल्ट्रा फोनको प्रिअर्डर गर्ने ग्राहकहरुमध्ये भाग्यशाली विजेताको घोषणा गरेको छ । कम्पनीले सामसङ नेपालको आधिकारिक फेसबुक पेजमार्फत बुधबार विजेताको नाम घोषणा गरेको हो ।
कम्पनीका अनुसार एस२०, एस२० प्लस को प्रिअर्डर गर्ने ग्राहकहरुले लक्की ड्रमा समावेश भई टर्किस एयरलाइन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाइ टिकट, ग्यालेक्सी वाच एक्टिभ टु, दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा वा लेट् मि इनको तर्फबाट पाँच हजार रुपैयाँको कुपन प्राप्त गर्ने प्रावधान थियो ।
त्यसैगरी ग्यालेक्सी नोट२० र नोट २० अल्ट्राको प्रिअर्डर गर्ने ग्राहकहरुले लक्की ड्रमा समावेश भई टर्किस एयरलाइन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाइ टिकट, दोस्रो, तेस्रो र चौथो विजेताले ग्यालेक्सी बुड्स प्लस, पाँचौं र छैटौं विजेताले दुई रात हिमालयन फ्रन्ट होटेल वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा तथा सातौँ विजेताले लेट् मि इनको तर्फबाट १० हजार रुपैयाँको कुपन प्राप्त गर्ने प्रावधान थियो ।
एस२०, एस२० प्लस को प्रि अर्डर गरी टर्किस एयरलाइन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाइ टिकट आस्मा रानाले जितेकी छिन् । त्यस्तै ग्यालेक्सी वाच एक्टिभ टु आस्था राना र पारस श्रेष्ठले जिते भने दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा अशेष श्रेष्ठ, बिनोद बज्राचार्य र पुनित मान श्रेष्ठले जिते । साथै लेट् मि इनको पाँच हजार रुपैयाँको कुपन मदन प्रसाद भण्डारी शर्मा र इश्वर लगुनले जितेका छन् ।
यसैगरी ग्यालेक्सी नोट२० र नोट २० अल्ट्रा को प्रि अर्डर गरी टर्किस एयरलाइन्सको तर्फबाट बिजनेस क्लासको दुईतर्फी हवाइ टिकट विधान जोशीले जितिन् भने ग्यालेक्सी बड्स प्लस नारायण दास श्रेष्ठ, उज्जेन लाल श्रेष्ठ तथा दिग्विजय दुगर जिते । यस्तै दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा जीवन मोक्तान र विक्की गुप्ताले जितिन् भने लेट् मि इनको तर्फबाट १० हजार रुपैयाँको कुपन युक्तर्थ अर्यालले जितेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया