Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर

राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर


काठमाडौं ।
नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा पनि एक्सटेन्सन काउन्टर खोल्ने भएको छ । बैंकले यही माघ २९ गते बिहीबार राष्ट्रिय बीमा संस्थानहरूबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बीमा संस्थानमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालन हुने सम्झौता गरेको जानकारी दिएको छ ।

साथै संस्थानमा कार्यरत कर्मचारीहरूलाई बैंकले सहूलियत दरमा विनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र संस्थानका तर्फबाट प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका छन् । बैंकले देशभर रहेका दुई सय चारवटा शाखा, ३९ वटा एक्स्टेन्सन काउन्टर, एक सय ४२ वटा एटीएम तथा अन्य विभिन्न विद्युतीय तथा डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया