अम्बे स्टिल्सद्वारा डिलर सम्मेलन
काठमाडौं ।
देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टिल्सले डिलर सम्मेलन गरेको छ । नुवाकोटमा गत शुक्रबार कम्पनीले डिलरहरुसँग डिलर सम्मेलन सम्पन्न गरेको हो । उक्त कार्यक्रममा अम्बे स्टिल्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका वरिष्ठ उच्चपदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।
सम्मेलनको मुख्य उद्देश्य वर्षौँदेखि अम्बे स्टिल्सले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो । अम्बे स्टिल्सले आफ्नो भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक एक हजार चार सय टन छड उत्पादन गरी नेपाली बजारमा पु-याउँदै आएको छ ।
यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको छड हो । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्तामाझ पु-याउँदै आएको छ । कार्यक्रममा कम्पनीलाई नयाँ उचाइमा पु-याउन डिलरहरुको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया